वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं।

काठमाडौँको ठमेलमा सञ्चालित वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । वाल्डो क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ्ग पक्राउ परेका हुन् ।

उनलाई क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरेर हुने गरेको ठगीबारे अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो । शुक्रबार अध्यक्ष च्यान मिन चिङ्गलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

अलफ्ट होटल परिसरमा सञ्चालित सो क्यासिनामो ‘क्यासिनो इभेन्ट’को नाममा जुवा खेलाएर भारतीय समूहले ठगी धन्दा सञ्चालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ठगी धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले मङ्सिर २६ मा भारतको महाकाय समूहका ५७ वर्षीय सुरेश महाजन सहित ६ जनालाई पक्राउ गरेको थियो ।

  • १३ पुष २०८२, आईतवार १२:१४ प्रकाशित