ओलीलाई सरकारको जवाफ : चुनावका लागि सबै उल्झन हटाइन्छ

केन्द्रभाग मिडिया

काठमााडौं ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सरकारले सबैखाले उल्झन हटाउने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग गुण्डुस्थित निवासमा दुई घण्टा छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरलले निर्वाचनको वातावरण बनाउन सरकारले सबैखाले उल्झन हटाउने बताए ।

निर्वाचनको मिति नजिक आइसकेका बेला पनि सरकारले आफूलाई स्थानहद कायम राखेको भन्दै एमाले अध्यक्षले धारणा राख्दै आएको विषय सञ्चारकर्मीले मन्त्री खरेललाई सोधेका थिए ।

जवाफमा सरकारका प्रवक्ता खरेलले भने, ‘निर्वाचन महोत्सव हो । महायज्ञ हो । यो लक्ष्य प्राप्तिका लागि हाम्रा आसपासमा केही अल्झन छन्, चुनौती छन्, केही कुरा सहज बनाउनु छ भने निर्वाचनको गन्तव्यमा पुग्नका लागि सरकारले त्यो वातावरण बनाउनुपर्छ, बनाउँदै अघि बढ्छ ।’

  • ११ पुष २०८२, शुक्रबार १३:५१ प्रकाशित