दुर्गा प्रसाईंविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।मुद्दा  न्यायाधीशद्वय लेखनाथ पौडेल र गीता प्रसाद तिम्सिनाको इजलासमा सुनुवाइ हुन लागेको हो ।

यसअघि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईलाई अदालतले २५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईंको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई पत्राचार गरेको थियो । सीआईबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले दुर्गा प्रसाईंविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो ।

त्यस्तै पीडित राहत कोषमा क्षतिपूर्तिसम्म भराउन माग गरेको थियो । प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएको ९राउन्ड ट्रिपिङ०, स्वार्थ बाझिने गरी आपसी पक्षसँगै कारोबारलगायतका शंकास्पद कारोबार गरेको आरोप थियो ।

  • ११ पुष २०८२, शुक्रबार १२:३२ प्रकाशित