काठमाडौं।
६० केजी सुन तस्करी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । ६० केजी सुन तस्करीमा चिनियाँ नागरिक गेन्जा झाछी, मिङसिङ टेरेन्स सी, मनोजराज श्रेष्ठ, भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयलले दिएको निवेदनमाथि सुनुवाइ हुन लागेको हो । उनीहरुले दिएको निवेदन न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज ढकालको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
२०८१ असार २६ गते सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालत पाटनले पनि जिल्ला अदालतको आदेश सदर गरेपछि उनीहरू दफा ७३ को निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।
चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुको स्वरूपमा भित्र्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा सुन बरामद गरेको थियो ।















