काठमाडौं ।
सुनको भाउ आज भने घटेको छ । आज स्थानीय बजारमा सुनको भाउ ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन भने हालसम्मकै उच्च कायम हुँदै सुनको कारोबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्य ९ सयले वृद्धि भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि उच्च विन्दुबाट झरेको छ । चाँदी आज तोलामा २० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४०० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन भने चाँदीको भाउ ४ हजार ४२० रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च हो ।















