रोटरी प्याराडाईजद्वारा घार्मीको गायत्री आविलाई सहयोग

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा १९ घार्मीमा रहेको गायत्री आधारभुत विद्यालयलाई रोटरी क्लव अफ प्याराडाईजले सहयोग गरेको छ ।

सामाजिक क्षेत्रमा क्रियाशील क्लवले बुधवार एक कार्यक्रमका बिच विद्यालयमा अध्ययनरत करिब २० जना विद्यार्थीलाई कपि, कलम सहितका स्टेशनरी सामाग्री वितरण गरेको विद्यालयका प्रधानाध्यापक प्रमिला पौडेलले जानकारी दिईन् ।

कार्यक्रममा रोटरी क्लवका प्रेसिडेन्ट भोजराज पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमणि पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम पौडेल लगायतले स्टेशनरी सामाग्री वितरण गरे ।

सोही अवसरमा क्लवले विद्यालय परिसरको फोहर संकलनका लागि डस्टविन र दुइ थान ह्वाईट बोर्ड प्रधानाध्यापक प्रमिला पौडेललाई हस्तान्तरण गर्यो । कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले रोटरीले शिक्षा, स्वास्थ्य र वातावरणीय सरसफाईका क्षेत्रमा निरन्तर रुपमा सेवा गर्दै आईरहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमणि पौडेलले सिवद्यालयको शैक्षिक गुणस्तर बढाउन यस्ता सहयोगले ठुलो भुमिका खेल्ने बताए । प्रधानाध्यापक प्रमिला पौडेलले रोटरीले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै, शैक्षिक गुणस्तरका लागि विद्यालय प्रतिबद्ध रहेको बताईन् ।

कार्यक्रममा क्लवका पुर्व प्रेसिडेन्ट देवेन्द्र पराजुली, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम पौडेल लगायतले बोलेका थिए । क्लवका प्रेसिडेन्ट पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव जसिता गुरुङले गरेकी थिईन् ।

  • ९ पुष २०८२, बुधबार १७:०० प्रकाशित