नेप्से परिसूचकमा झिनो वृद्धि, ३ अर्ब २२ करोडको कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं।

साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेर बन्द भएको छ ।

बजारमा झिनो सुधार देखिँदा कारोबार रकम भने घटेको छ । आज बजारमा कुल ३३४ वटा कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन ३ अर्ब ५० करोड बढीको कारोबार भएको थियो ।

आज कुल १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १४२ वटा कम्पनीको मूल्य घट्दा ७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

  • ९ पुष २०८२, बुधबार १५:४५ प्रकाशित