कास्की जिल्ला टेनिस संघले २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ । प्रतियोगिता यहि पौष ११ गतेदेखि १५ गते सम्म हुने आयोजक टेनिस संघले जानकारी दिएको छ ।
प्रतियोगितामा मेन्स तथा उमेन्स सिंगल्स , डबल्स तथा ३५+, ४५+, ५५+, ६५ वर्ष माथि गरी विभिन्न १२ ईभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
ओपन तर्फ मेन्स तथा उमेन्स सिंगल्स बिजेताले नगद ८०,००० उपबिजेताले ४०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद २०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन, भने मेन्स तथा उमेन्स डबल्स तर्फ बिजेताले नगद ३०,००० उपबिजेताले १५,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।
यस्तै ३५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ६०,००० उपबिजेताले ३०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १५,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन, भने ३५ वर्ष माथिको डबल्स बिजेताले नगद २०,००० उपबिजेताले १०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।
४५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ४०,००० उपबिजेताले २०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन, भने ४५ वर्ष माथिको डबल्स बिजेताले नगद २०,००० उपबिजेताले १०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।
५५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ३०,००० उपबिजेताले १५,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन, भने ५५ वर्ष माथिको डबल्स बिजेताले नगद २०,००० उपबिजेताले १०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।
६५ वर्ष माथिको सिंगल्स बिजेताले नगद १५,००० उपबिजेताले ७,५०० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद २५०० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन, ६५ वर्ष माथिको डबल्स बिजेताले नगद १०,००० उपबिजेताले ५,००० सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्ने छन ।














