सरकारद्धारा राजनीतिक दलहरूसँगको संवाद तीव्र : आज टोली राप्रपा कार्यालयमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा सरकारले राजनीतिक दलहरूसँगको संवादलाई तीव्र पारेको छ।

यसै क्रममा सरकारद्वारा गठित उच्चस्तरीय अनुगमन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय पुगेर अनुगमन तथा छलफल गरेको छ। सरकारी टोलीले राप्रपा अध्यक्ष र अन्य शीर्ष नेताहरूसँग निर्वाचनको तयारी र समसामयिक राजनीतिक विषयमा विचार विमर्श गरेको हो।

उद्योग, पर्यटन तथा कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा गठित उक्त समितिमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा सबै पक्षलाई समेटेर अघि बढ्ने र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्ने सरकारको योजना अनुरूप यो भेटघाट भएको हो।

  • ९ पुष २०८२, बुधबार १३:४० प्रकाशित