काठमाडौं ।
जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले पूर्व गृहसचिव गोकर्णमणि दुवाडीसहित तीन जनाको स्थान हद फुकुवा गरेको छ ।
आयोगले भदौ २३ र २४ गतेको घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानका लागि दुवाडीसहित पूर्व आईजीपी चन्द्र कुवेर खापुङ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि समेत स्थान हद लगाएकोमा मंगलबार फुकुवा गर्ने निर्णय गरेको हो ।
उनीहरूमाथि आयोगले विदेश भ्रमण र काठमाडौँ उपत्यका छाड्न रोक लगाएको थियो । तर, मंगलबार आयोगले गृह मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘पूर्वनिर्णय उपरको कार्य सम्पन्न भइसकेकाले निजको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने निर्णयअनुसार अनुरोध छ ।’ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओली र रमेश लेखक लगायतमाथि समेत स्थान हद लगाएको छ ।















