राष्ट्रपतिले तीन दलका शीर्ष नेतृत्वलाई छलफलका लागि बोलाए

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफलमा बोलाएका छन् । पौडेलले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डलाई छलफलमा बोलाएका हुन् ।

राष्ट्रपति कार्यालयले सुरुमा ओली र देउवालाई मात्रै बोलाएको जानकारी गराएपनि पछि तीनै नेता आउने तय भएको जानकारी दिएको हो ।

छलफल ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमै हुनेछ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा भेटका क्रममा कुराकानी हुने बताइएको छ ।

यस्तै चुनावकै भविष्यबारे समेत अनेक आशङ्का भइरहेको बेला तीन दलका शीर्ष नेतृत्व र राष्ट्रपतिबिच हुन लागेको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

  • ८ पुष २०८२, मंगलवार १४:१३ प्रकाशित