सुनको मुल्य आज एकैदिन ५५०० रुपैयाँ बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं।

सुनको मूल्य मंगलबार एकैदिन ५५०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो ।

जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार २३५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • ८ पुष २०८२, मंगलवार ११:४४ प्रकाशित