जेनजी अभियन्ता निकोलस भुसाल लगायत पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रहरीले जेनजी अभियन्ता निकोलस भुसाल लगायतलाई पक्राउ गरेको छ । माइतीघरमा मिराज ढुङ्गाना नेतृत्वको समूहले गरेको प्रदर्शनबाट भुसाल लगायत पक्राउ परेका हुन् ।

काठमाडौँ प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाल लगायतका अभियन्ताहरू पक्राउ परेका प्रहरीले जनाएको छ ।

आज सो समूहले देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ ।

  • ७ पुष २०८२, सोमबार १२:२५ प्रकाशित