पोखरा ।
आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, पाउन्ड, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, कुबेती दिनारसहित कतिपय मुद्राको भाउ भने सस्तिएको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिदर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा छ । हिजो युरो १ को खरिदर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४४ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९४ रुपैयाँ २५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ६४ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५६ पैसा थियो । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ८९ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४६६ रुपैयाँ थियो ।
आज बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ७० पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ६५ पैसा थियो ।















