मधेसको सभामुखमा रामअशिष यादव विजयी

केन्द्रभाग मिडिया

काठमाडौं ।

मधेस प्रदेशसभाको सभामुखमा रामअशिष यादव विजयी भएका छन् । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार निर्वाचन भएको थियो ।

सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादको सभामुखका लागि उम्मेदवारी परेको थियो ।

जम्मा खसेको ९६ मतमध्ये यादवले ७२ मत प्राप्त गर्दै विजयी हुँदा त्रिलोकी प्रसादले २४ मत पाए । निवर्तमान सभामुख रामचन्द्र मण्डल मंसिर ३ गते पदमुक्त भएका थिए।

  • ६ पुष २०८२, आईतवार १६:२२ प्रकाशित