रास्वपाको केन्द्रीय समिति बैठक ४ बजे, रविले सम्बोधन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आइतबार ४ बजे बस्ने भएको छ ।सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने जेलबाट धरौटीमा छुटेपछि पहिलो पटक बैठक बोलाइएको हो ।

आजको बैठकमा लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।लामिछाने आज पार्टी कार्यालय फर्कने भएसँगै उनका समर्थक र कार्यकर्ता बनस्थलीस्थित पार्टी कार्यालयमा स्वागतको तयारीसहित उपस्थित भएका छन्। बाजागाजा र नाचगानसहित लामिछानेको स्वागत गर्ने तयारी भइरहेको छ।

उच्च अदालत बुटवल इजलासले लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । रिहा लगत्तै निर्वाचन क्षेत्र चितवनमा सम्बोधन गरेका उनी हिजो काठमाडौँ आएका थिए ।

लामिछाने गत वर्ष कात्तिक २ गते पक्राउ परेका थिए ।

  • ६ पुष २०८२, आईतवार १५:३० प्रकाशित