नेविसंघ पोखरा विश्वविद्यालय समन्वय समितिको अध्यक्षमा मोहन कालाथोकी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को पोखरा विश्वविद्यालय समन्वय समिति अध्यक्षको जिम्मेवारी मोहन कालाथोकीलाई दिएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आइतबार कालाथोकीलाई समन्वय समितिको अध्यक्षमा मनोनयन गरेका हुन् ।

‘नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौँ संशोधन २०७५ भाग ३ धारा ६ (७) बमोजिम तपाई ई।मोहन कालाथोकीज्यूलाई नेपाल विद्यार्थी सङ्घ पोखरा विश्वविद्यालय समन्वय समिति को अध्यक्ष पदको जिम्मेवारी दिइएको छ,’ शेर्पाले मनोनयन पत्रमा लेखेका छन् ।

  • ६ पुष २०८२, आईतवार १४:३६ प्रकाशित