मसंग प्रतिशोध साँध्ने नेता हेलिकप्टरमा झुन्डिएर माग्न पर्यो : सभापति लामिछाने

केन्द्रभाग मिडिया

चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूप्रति प्रतिशोध साँध्ने नेता हेलिकप्टरमा झुन्डिएर भाग्न परेको टिप्पणी गरेका छन् । शनिबार चितवनमा सम्बोधनका क्रममा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्ष्य गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले आफूमाथि झुटो मुद्दा लगाउने सरकार अपदस्थ भएको बताए ।

एमाले अध्यक्ष ओलीलाई इंगित गर्दै उनले अपदस्थ सरकार हेलिकप्टरमा झुन्डिएर भागे पनि त्यही सरकारले आफूलाई झुन्ड्याइदिएको मुद्दा बोकेर बाँच्नुपरेको गुनासो पनि गरे । उनले भने, ‘मलाई झुटा मुद्दा लगाएर फसाउने सरकारको भागाभाग हामी सबैले देख्यौँ । प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डेर भाग्नपर्‍यो ।’

लामिछाने सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतमा पौने ४ करोड धरौटी बुझाएर शुक्रबार मात्र रिहा भएका हुन् । त्यसपछि यो उनको पहिलो राजनीतिक सम्बोधन हो ।

  • ५ पुष २०८२, शनिबार १६:३१ प्रकाशित