आज चितवनमा सम्बोधन गर्दै रास्वपा सभापति लामिछाने

केन्द्रभाग मिडिया

चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज (शनिबार) सम्बोधन गर्नेभएका छन् । धरौटीमा रिहा भएपछि उनले चितवनमा पहिलो पटक राजनीतिक सम्बोधन गर्ने भएका हुन् ।

रास्वपाका नेताहरुका अनुसार उनले आज बिहान ११ बजे चितवनको भतरपुरस्थित चौबीसकोटी भन्ने स्थानमा सम्बोधन गर्ने भएका हुन् ।

रास्वपाका प्रवक्ता मनिस झाका अनुसार सभापति लामिछने दिउँसो १ः५० को बुद्ध एयरको विमानबाट काठमाडौं जाने छन् । काठमाडौंंमा उनले जेनजी आन्दोलनका सहिदका परिवार तथा घाइतेहरूलाई भेट्न सुरुवात गर्ने कार्यक्रम छ ’

सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरस्थित नक्खु कारागारमा रहेका लामिछाने उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले बिहीबार दिएको आदेशअनुसार शुक्रबार जिल्ला अदालत रुपन्देहीमा पौने ४ करोड धरौटी बुझाएर रिहा भएका हुन् ।

  • ५ पुष २०८२, शनिबार ०९:१३ प्रकाशित