भैरहवाको जहाज नउडेपछि रवि चितवन जादैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछाने काठमाडौँबाट भैरहवाको जहाज नउडेपछि भरतपुर हुँदै त्यसतर्फ जाने भएका छन् । रास्वपाका नेता गणेश पराजुलीले लामिछाने भरतपुर हुँदै भैरहवा जान लागेको बताए ।

लामिछाने भैरहवा जान शुक्रबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर दिउँसो १ बजेसम्म पनि भैरहवाको मौसम खराब हुँदा लामिछाने काठमाडौँमै रोकिएका थिए ।

बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने अदालत उपस्थित हुन भैरहवा जान लागेका हुन् ।

लामिछानेलाई उच्च अदालत बुटवलका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले थुनाबाहिर बसेर मुद्दा लड्न अनुमति दिएको थियो ।

  • ४ पुष २०८२, शुक्रबार १४:०१ प्रकाशित