भैरहवा लैजानको लागि रवि लामिछानेलाई विमानस्थल पुर्‍याइयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

रास्वपा सभापति रवि लामिछानेलाई विमानस्थल पुर्‍याइएको छ । नख्खु कारागारबाट प्रहरीले भैरहवा लैजानको लागि विमानस्थल पुर्‍याएको हो ।रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए।

उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो ।

  • ४ पुष २०८२, शुक्रबार ११:१५ प्रकाशित