पोखरा ।
आज (शुक्रबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । यी मुद्राको भाउ हिजो पनि घटेको थियो । तर, आज पाउन्डसहितका केही मुद्रा भने महँगिएका छन् ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४४रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा थियो । गएका केही दिनदेखि निरन्तर बढिरहेको अमेरिकी डलरको विनियमदरमा हिजो र आज गिरावत आएको राष्ट्र बैंकले जनाएको छ ।
यही मंसिर २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा छ। हिजो युरो १ को खरिदर १६९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७८ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९२ रुपैयाँ ४० पैसा र बिक्रीदर १९३ रुपैयाँ २० पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९३ रुपैयाँ १९ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६९ रुपैयाँ २० पैसा र बिक्रीदर ४७१ रुपैयाँ १५ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ १९ पैसा र बिक्रीदर ४७२ रुपैयाँ १४ पैसा थियो । आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ७६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ७९पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३८ पैसा थियो ।















