काठमाडौं ।
नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथको समय तय भएको छ ।निर्वाचन आयोगले पदाधिकारीसहित केन्द्रीय कमिटीको शपथको समय अपराह्न ४ बजेका लागि भृकुटीमण्डपस्थित महाधिवेशन हलमै तय गरेको हो।
एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।पदाधिकारीसहित केन्द्रीय कमिटीमा बहुमत ओली प्यानल विजयी भएको छ ।















