एमाले पदाधिकारीमा ईश्वर प्यानलबाट विष्ट र भट्टराई विजयी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन् । उपाध्यक्षमा गोकर्ष विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएका छन् । यस्तै उपमहासचिवमा योगेशले १३४८ मत पाएका छन् ।

  • ३ पुष २०८२, बिहीबार १३:२५ प्रकाशित