एमाले अध्यक्षमा ओली र महासचिवमा पोखरेल विजयी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् ।ओलीको बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् ।उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ ।

 

  • ३ पुष २०८२, बिहीबार १३:२१ प्रकाशित