जेनजी आन्दोलनले मुलुकलाई नयाँ दिशा दियो : उपराष्ट्रपति यादव

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको बताएका छन् । बिहीबार काठमाडौँमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले आजको पारदर्शीता, सुशासन, भ्रटाचारमुक्त समाज, सरल सार्वजनिक सेवा, देशभित्रै रोजगारीका अवसरको मागसहित उठेको जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिशा दिएको उल्लेख गरे । उनले आधुनिक पूर्वाधारले मात्र राष्ट्रलाई प्रतिष्पर्धी बनाउने बताए ।

पत्रकारिताले पूर्वाधार विकासमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न निगरानी भुमिका खेल्न सक्नुपर्ने बताए । आजको समय डिजिटल युगको भएकाले समाचारको गति र पहुँच डिजिटल माध्यमले परिभाषित गर्ने अवस्था रहेको बताए ।

गोरखापत्रले डिजिटल पत्रकारितामा अग्रसर भइ विश्वसनियता र तथ्यपरकता कायम राख्न सक्नुपर्ने उनको भनाइ थियो । गोरखापत्र संस्थान पत्रकारिताको धरोहर मात्र होइन, नेपाली समाज, संस्कृति, इतिहास र परिवर्तनको जीवन्त दस्तबेज पनि भएको जिकिर गरे ।

उनले भने, ‘आजको युग डिजिटल युग हो । समाचारको गति र पहुँच डिजिटल माध्यमले परिभाषित गर्ने अवस्था छ । गोरखापत्रले डिजिटल पत्रकारितामा अग्रसर भइ विश्वसनियता र तथ्यपरकता कायम राख्न सक्नुपर्छ । संस्थान अभिलेखकरणीय पत्रकारिता अर्थात तथ्य, इतिहास र प्रमाणलाई सुरक्षित राख्ने पत्रकारितामार्फत भविष्यका पुस्तालाई अमूल्य सम्पदाको रुपमा आफूलाई उभ्याउनु अर्को प्रशंसनीय कदम हो ।’

उनले थप भने, ‘पारदर्शीता, सुशासन, भ्रटाचारमुक्त समाज, सरल सार्वजनिक सेवा, देशभित्रै रोजगारीका अवसरको मागसहित उठेको जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको सन्दर्भमा गोरखापत्र संस्थानको नेतृत्वदायी पहल महत्वपूर्ण छ । गोरखापत्र संस्थान पत्रकारिताको धरोहर मात्र होइन, नेपाली समाज, संस्कृति, इतिहास र परिवर्तनको जीवन्त दस्तबेज पनि हो ।’

उपराष्ट्रपति यादवले पत्रकारिता नीति निर्माणमा जनताको आवाज पुर्याउने माध्यम बन्नसक्नुपर्ने बताए ।

  • ३ पुष २०८२, बिहीबार ११:५९ प्रकाशित