तीन महिनामा सरकारले पुनःनिर्माणको बाटोमा आशा जगायो : मन्त्री खनाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगाउन सफल भएको बताएका छन् ।

बिहीबार काठमाडौँमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले भदौ २३ र २४ को घटनापछि नेपाल एउटा अनिश्चयको भुमरीमा फसेको, अर्थतन्त्र ध्वस्त भएको र नागरिकहरु विचल्लीमा परे भन्ने परिदृश्य भन्दा फरक सरकारले ९० दिनमै तीव्र गतिमा पुनःनिर्माण गरेको बताए ।

कच्चा पदार्थ आयातको अंकले उत्पादनका कामहरुमा गतिशिलता बढेको देखाएको बताए । उनले उपभोग्य वस्तुको आयातले उपभोग बढाएको बताए । गत तीन महिनाको अवधिमा भदौ महिनामा केही ह्रास भएपनि असोज, कार्तिक र मंसिर र पुसको आजको मितिसम्म करिव १० प्रतिशतको हाराहारीमा कर राजश्व वृद्धि भएको बताए ।

  • ३ पुष २०८२, बिहीबार ११:५५ प्रकाशित