एमाले निर्वाचन अपडेट : ४ बजेसम्म ७ सय मत खस्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिलेसम्म ७ सय मत खसेको छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ७ सय मत खसेको हो ।

निर्वाचनमा दिउँसो ४ बजेसम्म लगभग एक तिहाई मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए ।एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् ।

  • २ पुष २०८२, बुधबार १६:३६ प्रकाशित