पोखरा महानगर नवरत्न सम्मानबाट नौ जना सम्मानित

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले पोखराको गौरवको रुपमा रहेका नौं जनालाई पोखरेली नवरत्न सम्मान बाट सम्मान गरेको छ । महानगरको ६७ औं स्थापना दिवसको अवसरमा महानगरले पोखरामा बसेर विभिन्न क्षेत्रमा योगदान गरेका ९ जनालाई पोखरेली नवरत्न सम्मान गरेको हो ।

जसमा साहित्यतर्फ तीर्थ श्रेष्ठ, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशिलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्राडा वीरेन्द्रसिंह गुरुङ, शिक्षा सेवा र उद्योगतर्फ हरिप्रसाद पाण्डे, समाजसेवा तथा उद्योगतर्फ चन्द्रकृष्ण कर्माचार्य, स्वास्थ्यतर्फ प्राडा. बुद्धिबहादुर थापा, धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल र पत्रकारितातर्फ तिलकमान गुभाजु पोखरा नवरत्नबाट सम्मानित भए ।

उनीहरुलाई नगद २ लाख २ हजार २०२ रुपैयाँसहित ताम्रपत्र, दोसल्ला र पदकसहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले सम्मान गरेका हुन् ।

सम्मानितको तर्फबाट बाल्दै नवरत्नबाट सम्मानित मध्यका एक संस्कृतिवविद् तीर्थ श्रेष्ठले सम्मानले आफूहरुलाई पोखरा र राष्ट्रका लागि अझै केही गर्ने उर्जा दिएको बताए ।

  • २ पुष २०८२, बुधबार १५:४५ प्रकाशित