एमाले निर्वाचन अपडेट : हाल सम्म ४१५ मत खस्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा ४१५ मत खसेको छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ४१५ मत खसेको हो ।

बिहानको तुलनामा मतदान सुस्त भइरहेको एमाले नेता सानुराज पोखरेलले जानकारी दिए । एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् ।

भित्र मतदान हुँदै गर्दा बाहिर नयाँ नेतृत्वका लागि नेता कार्यकर्ताहरुले मत मागिरहेका छन् । उनीहरुले आ–आफ्नो पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।

  • २ पुष २०८२, बुधबार १४:०९ प्रकाशित