पोखरा ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो पनि यी सबै मुद्राको भाउ बढेको थियो। सबैजसो मुद्राको मूल्य विगत केही दिनदेखि निरन्तर बढ्दै आएको छ।
आज अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । गएका केही दिनदेखि अमेरिकी डलरको विनियमदर निरन्तर बढिरहेको छ । हिजो अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा थियो ।
त्यसैगरि आज युरो १ को खरिदर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा छ । हिजो युरो १ को खरिदर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ०१ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७२ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ०९ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८७ रुपैयाँ १४ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९१ पैसा थियो ।















