कांग्रेसले गर्यो जिल्ला पठाइएका ४ लाख क्रियाशील सदस्यता फाराम रद्द

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसमा शेखर कोइराला समूहको दबाब पछि क्रियाशील सदस्यता व्यवस्थापन समितिले यसअघि नम्बर नराखी जिल्ला/जिल्लामा पठाइएका ४ लाख कृयाशील सदस्यता फाराम रद्द गरेको छ ।

मंगलबार विहान नेता कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर नम्बर विनाका पुराना फारम फिर्ता गर्न दबाब दिएका थिए । समितिको आज बसेको बैठकले नम्बर नराखी जिल्ला र जिल्लामा पठाइएका फाराम रद्द गरेर नयाँ फाराम पठाउने निर्णय गरेको समितिका सदस्य योगेन्द्र चौधरीले बताए ।

सिरियल नम्बर नभएको फाराम गएको ठाउँमा ४ लाख नयाँ फाराम पठाउने निर्णय भोलिबाटै लागु हुने समेत उनले जानकारी दिएका छन् । समितिमा नम्बर विनाका फारम फिर्ता माग्ने वा त्यसैमा भर्न लगाउने भन्ने विवाद थियो ।

  • १ पुष २०८२, मंगलवार २०:०१ प्रकाशित