एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानमा ढिलाई

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मध्याह्न १२ बजेदेखि हुने भनिएपनि अझै मतदान सुरु हुन सकेको छैन ।

विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने भएकाले कोडिङ गर्न समय लागेको र कोडिङमा केही तलमाथि भएकाले अहिले सच्याउने काम भइरहेको प्रविधिक लक्ष्मण रिमालले जानकारी दिएका छन् । उनका अनुसार मतदान रातिको ८ बजेदेखि मात्र सुरु हुन सक्नेछ ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् ।

  • १ पुष २०८२, मंगलवार १५:३४ प्रकाशित