राष्ट्रपति पौडेलका सल्लाहकार थापाले दिए पदबाट राजिनामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन् । सक्रिय राजनीतिमा क्रियाशील रहने उद्देश्यले उनले राष्ट्रपतिको विज्ञ सल्लाहकारबाट राजीनामा दिएका बताइएको छ ।

थापाले आफू सक्रिय राजनीतिमा फर्कने निर्णय गरेकाले राजिनामा दिएको प्रष्ट्याए । उनले आफू दिएको राजिनामा स्विकृत समेत भइसकेको बताएका छन् ।

थापा १६ चैत २०७९ मा राष्ट्रपतिको सल्लाहकारमा नियुक्त भएका थिए । त्यस बेला थापा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए ।

  • १ पुष २०८२, मंगलवार १२:३५ प्रकाशित