एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने

केन्द्रभाग मिडिया

 काठमाडौं ।

नेकपा एमालेका उपमहासचिव राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् ।

११औँ महाधिवेशनबाट निर्वाचित हुने नयाँ कमिटीका एमाले अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल कसैको पनि टिममा नपरेका उनले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।

सोमबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आफूले उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको बताए ।

  • २९ मंसिर २०८२, सोमबार १४:०२ प्रकाशित