पोखरा ।
आज पनि अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलरको भाउ घटेको छ । तर युरो, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको भाउ भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा छ ।
हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिदर १६९ रुपैयाँ ५० पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा छ । हिजो युरो १ को खरिदर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८५ पैसा छ। हिजो स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४४ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५९ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ६५ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ६१ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ५४ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ५६ पैसा छ । हिजो पनि बहराइन दिनारको निनिमयदर यही थियो ।















