काठमाडौं।
नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको पदाधिकारी सङ्ख्या १९ सदस्यीय बनाउने प्रस्ताव पारित भएको छ ।
अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी १९ सदस्यीय पदाधिकारी बनाउने ओलीको प्रस्ताव पारित भएको हो ।स्थायी कमिटी ४५,पोलिटब्युरो ९९ सदस्यीय र केन्द्रीय कमिटी ३०१ सदस्सीय रहने निर्णय बैठकले गरेको हो ।
विधान महाधिवेशनको निर्णय उल्याउँदै अध्यक्ष ओलीले पदाधिकारी सङ्ख्या बढाएका हुन् ।यो प्रस्ताव महाधिवेशनबाट अनुमोदन भएपछि तुरुन्तै बस्ने बन्द सत्रमार्फत नेतृत्व चयन प्रक्रिया अगाडि बढाइनेछ।















