पोखरा ।
आज (आइतबार) पनि अमेरिकी डलर,अस्ट्रेलियन डलर, युरो, पाउन्ड कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिदर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा छ ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५९ पैसा छ । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ५४ पैसा छ । आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ५६ पैसा छ ।















