पोखरा ।
पोखराको बाटुलेचौरमा रहेको प्रगति सेकेण्डरी स्कुलको खेल उत्सव शनिबारदेखि पोखरा रंगशाालामा शुरु हुने भएको छ ।
करिब १ महिनादेखि विभिन्न चरणमा सञ्चालन हुँदै आएका खेलहरुको औपचारिक सञ्चालन शनिबारदेखि शुरु हुने विद्यालयका सुचना अधिकारी जयराम पौडेलले जानकारी दिए ।
उद्घाटनका दिन शनिबार फुटबल ,ह्याण्डबल छात्र- छात्रा ,वास्केटवल छात्र- छात्रा , व्याडमिण्टन छात्र- छात्रा (सिङ्गल एण्ड डवल),५०,१००, २००,४००,८००, मि दौड, छात्र-छात्रा, रिले दौड ,हाइजम्प छात्र-छात्रा लङ्गजम्प लगायतका खेलमा विद्यालयका कक्षा १ देखि १२ सम्मका छात्र- छात्रा सहभागि हुने भएका छन् ।
सदनगत रुपमा पनि बिभिन्न खेल संचालन हुने संयोजक सुमन कार्कीले बताए । उत्कृष्ट खेलाडी र टिमलाई आईतबार हुने समापन कार्यक्रममा शिल्ड, मेडल र प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिने बताईको छ ।
भोलिको खेल उत्सवको उद्घाटन खेलकुद परिषद, गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्मा र आइतबार हुने समापन कार्यक्रम जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मीलन गुरुङको प्रमुख आतिथ्यतामा हुने फाईनान्सीयल मेनेजर समेत रहेका पौडेलले जानकारी दिए ।
उद्घाटन अघि विद्यार्थीले मार्च पास समेत गर्नेछन् । आइतबार बिभिन्न खेलको फाईनल सहित समापन हुनेछ । प्रगति खेल उत्सव सम्पन्न गर्न विद्यालयले समिति समेत गठन गरी तयारी गरेको छ ।
दिनेशकुमार श्रेष्ठको परिकल्पना रहेको सो उत्सवका लागि कार्यक्रम नियन्त्रणमा महेन्द्र थापा संयोजनमा सुमन कार्कीसहसंयोजनमा राम पौडेल,कमल नेपाली खेल संयोजनतर्फ पूर्णमान गुरुङ (बास्केटबल) दिनेश श्रेष्ठ (ह्याडबल),शंकर के.सी. (फुटबल) दिवस अधिकारी (फुटबल),सुरज देवकोटा (एथलेटिक्स) महेन्द्र थापा (मार्चपास),मनबहादुर गुरुङ (पिटि ड्रिल)र यमकला गुरुङ (नृत्य) रहेका छन् ।
विद्यालयले विद्यार्थीहरूलाई खेलसँग सम्बन्धित क्रियाकलाप अन्तरर्गत फुटबल, वास्केटबल, ह्याण्डबल, ब्याटमिन्टन, एथलेटिक्स जस्ता खेलहरूमा प्रशिक्षण गर्दै आएको जनाएको छ ।














