तनहुँ–१ बाट कांग्रेसले गर्‍यो १० उम्मेदवारको नाम सिफारिस

केन्द्रभाग मिडिया

तनहुँ ।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको बैठकले १० जनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति श्याम कुमार मौरतीले जानकारी दिए ।उम्मेदवार सिफारिस हुनेमा केन्द्रीय सदस्य गोविन्द भट्टराई, महासमिति सदस्य रामचन्द्र पोखरेल, महाधिवेशन प्रतिनिधि दीपक भट्टराई, रेशम गुरुङ, योजना आयोगका पूर्वउपाध्यक्ष डा। जगदिशचन्द्र पोखरेलसहित छन् ।

नामावली जिल्ला कार्य समितिमा पठाइएको हो । जिल्ला समितिले रायसहित प्रदेश र केन्द्रमा पठाउने छ । रासस

  • २६ मंसिर २०८२, शुक्रबार १५:४० प्रकाशित