विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट एकल उम्मेदवार सिफारिस

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस धनुषाले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिको एकल नाम सिफारिस भएको छ ।

कांग्रेसको क्षेत्रीय कमिटीको बैठकले प्रत्यक्ष तर्फ निधिको एकल नाम सिफारिस गरेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जानकारी दिए ।

उनका अनुसार समानुपातिक तर्फ प्रफुल्ल घिमिरे र ललन चौधरी र महिला तर्फ उर्मिला यादवको नाम सिफारिस भएको हो ।धनुषा क्षेत्र नम्बर ३ मा २०७४ मा निधि पराजित भएका थिए ।

तत्कालीन राजपा नेपालबाट राजेन्द्र महतो निर्वाचित भएका थिए । २०७९ को चुनावमा नेकपा एमाले नेतृ जुली महतो निर्वाचित भएकी थिइन् ।

  • २६ मंसिर २०८२, शुक्रबार १५:१३ प्रकाशित