एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेको सचिवालय बैठक समय समय परिवर्तन भएको छ । आज शुक्रबार दिउँसो १ बजेलाई बोलाइएको बैठक एक घण्टा पछि २ बजे बस्नेगरी समय परिवर्तन भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।

११ औँ महाधिवेशन अघि बस्न लागेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन र मनोनीत प्रतिनिधिबारे प्रस्ताव गर्ने बताइएको छ । एमालेको महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ ।

  • २६ मंसिर २०८२, शुक्रबार १३:३६ प्रकाशित