विविध कार्यक्रमसहित ६७ औं स्थापना दिवस मनाउँदै पोखरा महानगर

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले विविध कार्यक्रमसहित ६७ औं स्थापना दिवस मनाउने भएको छ ।

महानगरपालिकाले आज (बुधवार) पत्रकार भेटघाट कार्यक्रम  मार्फत स्थापना दिवसको अवसरमा हुने विविध कार्यक्रमबारे जानकारी दिएको हो ।

आगामी २ पुसमा पोखरेली नवरत्न सम्मानसहित विविध कार्यक्रम गरेर  महानगरले स्थापना दिवस मनाउने महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए  ।

पोखरा महानगरपालिकाको स्थापना पछि  पहिलो    पटक यसपालि स्थापना दिवस मनाउन लागिएकाले यो विशेष रहेको उनको भनाइ छ ।

स्थापना दिवसको मुल समारोहमा आजको पोखरा निर्माणमा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान गर्ने पोख्रेली नवरत्नहरुलाई सम्मान गरिने महानगर प्रमुख आचार्यले जानकारी दिए । उनका अनुसार  भाषा साहित्य, कला (संगीत, नृत्य, नाट्य, चित्रकला) र अन्य क्षेत्रहरुमा महत्वपूर्ण योगदान गर्ने व्यक्त्विहरु मध्येबाट ९ जना पोख्रेली नवरत्नहरुलाई नगद २ लाख २ हजार २०२ रुपैयाँसहित ताम्रपत्र, दोसल्ला र पदकसहित सम्मान गरिने छ ।

यस्तै महानगरपालिकामा कार्यरत कर्मचारीहरु मध्येबाट सर्वोकृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ गरी ११ जना कर्मचारीलाई सम्मान गरिने भएको छ ।

यस्तै महानगर मातापिता(ज्येष्ठ नागरिक) सम्मान कार्यक्रम समेत रहेको छ । यस्तै मुलसमारोहको दिन महानगरपालिकालाई तोकिएको समयमा नियमित र सबैभन्दा बढी राजश्व तिर्ने उत्कृष्ट करदातालाई र महानगरपालिकाका ३३ वटै वडाहरु मध्येबाट सरसफाईमा उत्कृष्ट ३ वटा वडालाई सम्मान गरिने भएको छ ।

मुल समारोहमा पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गरिएका स्वदेशी तथा विदेश नगरका प्रमुख तथा प्रतिनिधिहरु, देशका सबै महानगरपालिका, उपमहानगरपालिकाका प्रमुखहरु, छिमेकी पालिकाका प्रमुखहरु, पोखरा महानगरपालिकाका पूर्व पदाधिकारीहरु, पूर्व प्रशासकीय अधिृकतहरु लगायत विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिएको छ ।

स्थापना दिवसको तयारीका लागि मूल समारोह समिति, निर्देशक समिति र २४ वटा उपसमितिहरु गठन गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।

रेकर्ड अनुसार २ पुस २०१६ मा तत्कालीन नगरको रूपमा महानगरपालिकाको स्थापना भएको पाइएको छ । त्यतिबेला नगर भित्र ५ हजार जनसंख्या रहेको तथ्यांक छ  । पाँच हजार जनसंख्याबाट सुरु भएको पोखरा नगरपालिका ३६४ दिनको दिनमा नगरपालिकाबाट नगरपञ्चायतमा परिणत भएको थियो ।

 १ पुस २०१७ मा पञ्चायत सुरु भएको, २०४७ सालमा फेरि नगरपालिका, २०५२ सालमा उपमहानगरपालिका, २७ फागुन  २०७३ मा पोखरा लेखनाथ महानगरपालिका हुँदै २३ फागुन  २०७५ मा पोखरा महानगरपालिका बनेको हो । यहि विभिन्न चरणमा भएको पोखराको इतिहासलाई कायम गर्नका लागि यसपालि २ पुसमा महानगरपालिका स्थापना दिवस मनाउन लागिएको प्रमुख आचार्यले बताए ।

यसभन्दा अघि २७ फागुनमा महानगरपालिका स्थापना भएकाले सोही दिन देशभरका ६ वटै महानगरपालिकाले स्थापना दिवस मनाउँदै आएकोमा यसपाली पोखरा महानगरपालिकाको आफ्नो स्थापना दिवस २ पुसमा मनाउन लागेको प्रमुख आचार्यले बताए ।

स्थापना दिवसमा के के गर्दैछ पोखरा महानगर ?

स्थापना मुलसमारोह अघि २९ मंसिरको विहान ७ :३० बजे महानगर मातहतका कार्यालय परिसरमा सरसफाई हुने, सोही दिन बिहान ८ बजे सभागृहमा रक्तदान हुने, सोही दिन ११ बजे सभागृहमै कृषि क्विच हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

  १ पुसको विहान ७ : ३० बजे ३३ वटै वडाहरुमा सरसफाई कार्यक्रम गरिने, बिहान ८ :३० बजे बसुन्धारा पार्कमा सारंगी पार्क शिलान्यास हुने भएको छ ।

सोही दिन ११ बजे महानगरभित्रका शिक्षक विद्यार्थी तथा विद्यालयलाई सम्मान गरिने भएको छ । एसर्ईईमा ४ जिपिए अङ्क प्राप्त गर्ने ६७ जना विद्यार्थीहरु र महानगर स्तरीय परीक्षा कक्षा ८ मा ४ जिपिए अङ्क प्राप्त गर्ने १२ जना विद्यार्थीलाई सम्मान गरिने भएको छ ।

यस्तै कक्षा ८ को परीक्षामा विषयगत रुपमा औसत उपलब्धि हासिल गर्ने ३० जना र एसईई तर्फ ३० जना गरी ६० जना उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिने महानगरले जनाएको छ । यस्तै कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने १५ वटा, एसईईतर्फ ४९ तथा सामुदायिक र संस्थागत विद्यालय तर्फ सबैभन्दा बढी जिपिए प्राप्त गर्ने १-१ विद्यालयहरुलाई सम्मान गरिने भएको छ ।

महानगरले  १ पुसको  दिउँसो ३ : ३० बजे मानव सेवा आश्रम हेमजामा न्यानो कपडा वितरण गर्ने भएको छ । २ पुसको बिहान ११ बजे मानवअधिकार चोक चिप्लेढुगादेखि सभागृहसम्म सांस्कृतिक झाँकीर्याली गरिने भएको छ । सोही दिन १२ बजेदेखि सभागृहमा मुल समारोह सुरु हुने छ ।

स्थापना दिवसको मुल समारोहमा आजको पोखरा निर्माणमा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान गर्ने पोख्रेली नवरत्नहरुलाई सम्मान गरिने  छ ।

यस्तै महानगरपालिकामा कार्यरत कर्मचारीहरु मध्येबाट सर्वोकृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ गरी ११ जना कर्मचारीलाई सम्मान गरिने भएको छ ।

यस्तै महानगर मातापिता(ज्येष्ठ नागरिक) सम्मान कार्यक्रम समेत रहेको छ । यस्तै मुलसमारोहको दिन महानगरपालिकालाई तोकिएको समयमा नियमित र सबैभन्दा बढी राजश्व तिर्ने उत्कृष्ट करदातालाई र महानगरपालिकाका ३३ वटै वडाहरु मध्येबाट सरसफाईमा उत्कृष्ट ३ वटा वडालाई सम्मान गरिने भएको छ ।

मुल समारोहमा पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गरिएका स्वदेशी तथा विदेश नगरका प्रमुख तथा प्रतिनिधिहरु, देशका सबै महानगरपालिका, उपमहानगरपालिकाका प्रमुखहरु, छिमेकी पालिकाका प्रमुखहरु, पोखरा महानगरपालिकाका पूर्व पदाधिकारीहरु, पूर्व प्रशासकीय अधिृकतहरु लगायत विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिएको छ ।

स्थापना दिवसको तयारीका लागि मूल समारोह समिति, निर्देशक समिति र २४ वटा उपसमितिहरु गठन गरिएको महानगरपालिकाले जानकारी दिएको छ

  • २६ मंसिर २०८२, शुक्रबार १२:२५ प्रकाशित