पोखरा ।
आज शुक्रबार अमेरिकी डलरको विनिमयदर बढेर हालसम्मकै सबैभन्दा महँगो बनेको छ । त्यसैगरि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य आज उच्च दरमा बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको बिदेशी मुद्राको बिनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा थियो ।
त्यसैगरि आज युरो १ को खरिदर १६९ रुपैयाँ ०९पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा छ। हिजो युरो १ को खरिदर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ४८ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ १२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९२ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ २० पैसा र बिक्रीदर १९२ रुपैयाँ थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ १० पैसा र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ४० पैसा र बिक्रीदर ४७२ रुपैयाँ ३६ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ७२ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३८ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६५ पैसा थियो ।















