विराटनगर ।
नेपाली कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार फेरि चुनाव लड्ने तयारीमा जुटेका छन् ।
२०४८ सालयता उनले ७ पटक चुनाव लडिसकेका छन् । ७१ वर्षीय गच्छदार आठौं पटक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका हुन् ।
उनको निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ३ हो । संसदीय राजनीतिका चतुर खेलाडी मानिने गच्छदार २०७९ को निर्वाचनमा पहिलो पटक एमाले उम्मेदवार भगवती चौधरीसँग पराजित भएका थिए ।
गच्छदारले क्षेत्र नम्बर ३ बाट आफ्नो एकल नाम सिफारिस गराउन चाहेका थिए । तर, क्षेत्रीय समितिले गच्छदारसहित तीन जनाको नाम सिफारिस गरेको छ ।















