सम्पादकसँग साक्षात्कार गर्दै एमाले अध्यक्ष ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग साक्षात्कार गर्ने भएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको उक्त कार्यक्रम दिउँसो १ बजे काठमाडौँमा हुने तय गरिएको छ ।

शनिबारेदेखि सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै आयोजना गरिएको यो भेटमा अध्यक्ष ओलीले आफ्नो आगामी कार्ययोजना, नेतृत्वबारेको धारणा र आगामी राजनीतिक रणनीतिबारे सम्पादकहरूसमक्ष खुलस्त राख्ने तयारी गरेको बताइएको छ ।

पुनः अर्को कार्यकालका लागि अध्यक्ष बन्ने तयारीमा रहेका ओलीले महाधिवेशनको दिशा, सङ्गठन सुदृढीकरण तथा राष्ट्रिय राजनीतिमा एमालेको भूमिकाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह मंसिर २७ गते भक्तपुरको तीनकुने मैदानमा हुने छ । त्यसपछि हुने बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । महाधिवेशनमा आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्ने छ ।

  • २५ मंसिर २०८२, बिहीबार ११:५५ प्रकाशित