टप्स माध्यमिक विद्यालयमा खेलकुद कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।
टप्स माध्यमिक विद्यालयमा बृहत खेलकुद कार्यक्रम सुरु भएको छ । पोखरा- १० बुद्धचोकमा रहेको सो विद्यालयमा २६ मंसिरसम्म चल्ने बृहत खेलकुद कार्यक्रमको विद्यालयका अध्यक्ष बलबहादुर थापाले बुधबार उद्घाटन गरेका हुन् ।

कार्यक्रममा विद्यार्थीहरुलाई सपथ खुवाने कार्य राष्ट्रिय पूर्व खेलाडी विद्यालयकी भलिबल प्रशिक्षक ऋषिसरा थापाले गराएकाी हुन् । खेलकुद कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरू सक्रिय रूपमा सहभागी हुने विद्यालयका सहप्राचार्य चित्रकुमार गुरुङ्‌‌ले जानकारी दिए ।

जुनियर तर्फका खेलहरू म्युजिकल चियर, बेलुन फुटाइ, फ्रग रेस, स्याक रेस र कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरुका लागि एथलेटिक्स, फुटबल, भलिबल बास्केटबल टेवलटेनिस लगाएतका प्रतियोगिता छन् । खेलमा प्रथम, द्वितीय, तृतीय र सान्खता हुने विद्यार्थीलाई विद्यालयले मेडल प्रदान गर्ने छ ।

  • २४ मंसिर २०८२, बुधबार २०:२२ प्रकाशित