ओलीले आयोगमा बयान दिनुपर्छ : ईश्वर पोखरेल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा ११ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको आयोगमा उपस्थित भएर बयान दिनुपर्ने बताएका छन् ।

बुधबार राजधानीमा पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै पोखरेलले आयोगको अवज्ञा गर्न नहुने धारणा राखेका हुन् ।

आयोगले बोलाएको समयमा बयान दिन जानु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै पोखरेलले भने, ’त्यो आयोगमा बयान दिन जाने कुरा स्वाभाविक हो। म भएको भए अझै अगाडि नै गएर बयान दिन जाने थिएँ। त्यसको अवज्ञाले राम्रो गर्दैन ।’

पोखरेलले आयोगका अध्यक्षको भूमिका र प्रस्तुतिमाथि प्रश्न उठाउने ठाउँ भए पनि कानुनी प्रक्रियालाई सम्मान गर्नुपर्नेमा जोड दिए।

  • २४ मंसिर २०८२, बुधबार १६:४९ प्रकाशित