पोखरा।
कास्की प्रहरीले पोखरा महानगरपालिका ५ स्थित तमु समाजको भवनबाट जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सोही महानगरपालिका ५ मालेपाटन बस्ने ५९ वर्षीय कुल प्रसाद गुरुङसमेत ७ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट प्रहरीले नगद ४६ हजार ८ सय ६० रुपैयाँ र ४ बुक तास बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।















