चुनावमा होइन, राप्रपा आन्दोलनमा जानुपर्छ : महामन्त्री राणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

राप्रपाका महामन्त्री धवलशमशेर राणाले पार्टी चुनावमा नभई आन्दोलनमा जानुपर्ने बताएका छन् ।

‘नवीन समझदारीका लागि दबाब’ दिन भन्दै पार्टीले मंगलबार राजधानीमा आयोजना गरेको विरोध सभामा बोल्दै सडक आन्दोलनमा जोड दिएका हुन् ।

‘हामीले हाम्रो मूल्य र मान्यतालाई यथार्थमा परिणत गर्ने हो भनेर यो देशको उन्नति चाहने हो भने राजावादी, हिन्दुवादी समूह मिलेर हिमालदेखि तराईसम्म आन्दोलन गर्नुपर्छ’, उनले भने, ‘चुनाव होइन हामी आन्दोलनमा जानुपर्छ । चुनावमा आन्दोलनको रापतापपछि मात्रै जानुपर्छ ।’

उनले फागुन २१ गते हुने चुनावले कुनै तार्किक फरक नल्याउने समेत जिकिर गरे । उनले अहिलेको आवश्यकता राजसंस्थासहितको नवीन समझदारी भएको समेत बताए ।

  • २३ मंसिर २०८२, मंगलवार १५:५४ प्रकाशित